मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ दशैँमा

काठमाडौँ – निश्चल बस्नेतको फिल्म ‘बेहुली फ्रम मेघौली’ आगामी दसैमा प्रदर्शन हुने भएको छ । सामाजिक सन्जालमा पोस्ट गर्दै बस्नेतले यस्तो जानकारी गराएका हुन् ।

कमेडी ड्रामा जनराको यो फिल्मको छिट्टै छायाङ्कन सुरु हुने समेत उनले जानकारी गराएका छन् । 

‘बेहुली फ्रम मेघौली’ अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म बन्न लागेको हो । फिल्ममा उनले अभिनेत्री र निर्माताको दुई जिम्मेवारी बहन गर्नेछिन् ।

ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो । ब्ल्याक हर्स पिक्चर अभिनेत्री स्वस्तिमा खड्काको पतिको कम्पनी हो ।

लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने फिल्मको कथा उठान नै मेघौली गाउँबाट हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा निश्चल बस्नेतको समेत अभिनय रहनेछ । 

फिल्म निर्देशकद्वय बराल र काफ्लेले लेखेका हुन् । दुवैले यहि फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्मको अन्य कलाकार अहिले सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?