काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोलामा ५ हजार ९ सय रूपैयाँले बढेर २ लाख ५० हजार २ सयमा कारोबार भइरहेको छ। बुधबार तोलामा २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार १७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया