मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘परान’ आजदेखि प्रदर्शनमा

काठमाडौँ। नेपाली चलचित्र ‘परान’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।

अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रले एक परिवारको भावनात्मक कथा प्रस्तुत गरेको छ। निर्देशक दीपकप्रसाद आचार्यका अनुसार, चलचित्रले “सुख खोज्ने बहानामा खुसी गुमाउँदै गएको हाम्रो जीवनशैली”लाई चित्रण गर्छ।

उनी भन्छन्, “चलचित्रमा बा र छोराबीचको सम्बन्धको कथा देखाएको छु। अहिले भविष्य बनाउने नाममा गाउँ छोड्ने चलन बढेको छ, र हामी आफ्नै आमाबाबुको खुसी हराइरहेका छौँ। यही सन्देशलाई कथामा पिरोएको छु।”

चलचित्रको प्रिमियर शोमा उपस्थित चलचित्रकर्मीहरूको सकारात्मक प्रतिक्रियाले आफू उत्साहित भएको उनले बताए। उनका अनुसार, “बा–छोराको सम्बन्धमार्फत देखाइएको कथा हरेक नेपाली परिवारसँग जोडिन्छ। दर्शकले हेरेर अरूलाई सिफारिस गर्ने विश्वास छ।”

अभिनेता नीर शाहले पनि चलचित्रमा अभिनय गर्नुको कारण “सामाजिक यथार्थको सशक्त प्रस्तुति” भएको बताए। उनका शब्दमा, “मैले निभाएको पात्रसँग मेरो मनोविज्ञान जोडिएको छ। कथा सुनेपछि नै अभिनय गर्न सहमति दिएको थिएँ।”

चलचित्रमा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले पनि अभिनय गरेका छन्। अभिनेत्री केकी अधिकारीले यसमा माइली बुहारीको भूमिका निभाएकी छिन्।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापा मगरले संगीत संयोजन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?