मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पर्वतबाट सुरु भयो चलचित्र ‘ककाकिकी’ को छायांकन

काठमाडौँ। हास्य विधामा आधारित नयाँ नेपाली चलचित्र ‘ककाकिकी’ ले बिहीबारदेखि पर्वतको भूकदेउरालीबाट औपचारिक रूपमा छायांकन सुरु गरेको छ।

शुभमुहूर्त कार्यक्रमसँगै आरम्भ गरिएको चलचित्रको छायांकन करिब ३५ दिनमा पूरा गर्ने योजना रहेको निर्माण टिमले जनाएको छ।

निर्देशक बिक्की अग्रवालका अनुसार पहिलो चरणमा करिब २० दिन पर्वतमा गाउँको परिवेश समेटिँदै दृश्य खिचिनेछ भने बाँकी भाग काठमाडौंमा सुटिङ गरिनेछ।

छायांकनको सुरुवातसँगै अधिकांश कलाकार हाल स्थलमै रहेका छन्। कलाकारहरूमा तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुवास गजुरेल, महेश त्रिपाठी र सुवर्ण थापा छन् भने गौरी मल्ल केही दिनभित्र टोलीमा सहभागी हुने सह–निर्मात्री तथा निर्देशक श्रद्धा प्रसाईंले बताइन्। उनका अनुसार अन्य कलाकारहरू पनि क्रमशः टिममा जोडिँदै जानेछन्।

चलचित्र ‘ककाकिकी’ लोकप्रिय हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमको ब्यानरमा निर्माण हुँदैछ। निर्देशनको जिम्मा बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा सम्हालेका छन्। कथा लेखनमा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारी संलग्न छन् भने विश्वास तिम्सिना स्क्रिप्ट डक्टरका रूपमा कार्यरत छन्। सह–निर्देशनमा अनिश बुढाथोकी र छायांकन निर्देशनमा सुदिप बराल रहेका छन्।

निर्माण टिमका अनुसार चलचित्रको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग र अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेशनलसँग सम्झौता भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?