काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार सोही सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया