मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकामा दीपक–दीपाको हातबाट ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’को उद्घाटन

काठमाडौं। कलाकार दीपकराज गिरी र दीपाश्री निरौला हाल ‘छक्कापञ्जा कमेडी टुर’का लागि अमेरिकामा छन्।

सोही क्रममा उनीहरूले शनिबार अमेरिकाको टेक्सास राज्यमा आयोजित विशेष कार्यक्रममा ‘न्यु सुपर कट हेयर एण्ड ब्युटी सैलून’ को औपचारिक उद्घाटन गरे।

उद्घाटन समारोहमा उनीहरूलाई कलाकार महादेव त्रिपाठीले साथ दिएका थिए। कार्यक्रममा दीपक–दीपाले सैलूनमै कपाल काट्ने र रंगाउने सेवाको अनुभव पनि लिए।

सैलूनलाई सुरेन्द्र ठाकुरले सञ्चालनमा ल्याएका हुन्। उद्घाटनपछि दीपकराज गिरीले व्यक्तित्व निर्माणमा हेयरस्टाइलको महत्वपूर्ण भूमिका हुने भन्दै सबैले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। उनले अमेरिकामा नेपालीद्वारा सञ्चालित सैलूनले विभिन्न स्थानमा शाखा विस्तार गर्दै गुणस्तरीय सेवा दिइरहेको देख्दा खुशी लागेको बताए।

त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले सैलूनले प्रदान गर्ने गुणस्तरीय सेवाप्रति विश्वास व्यक्त गर्दै अमेरिका बसोबास गर्ने नेपाली समुदायले यसको लाभ लिनुपर्ने धारणा राखिन्।

ललितपुरको कुमारीपार्टीबाट सुरु भएको ‘न्यु सुपर कट’ सैलूनको पहिलो शाखा काठमाडौंको सुन्धारास्थित सिभिल महलमा विस्तार गरिएको थियो। त्यसपछि अमेरिकाको टेक्सासमा शाखा थप्दै सैलूनले आफ्नो सेवा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको छ। अमेरिकामा खुलेको यो दोस्रो शाखा हो।

सैलूनका सञ्चालक सुरेन्द्र ठाकुर २५ वर्षदेखि यस पेशामा आवद्ध छन्। पुरुष तथा महिलाको कपाल काट्ने, कलरिङ र मसाज सेवामा उनी सक्रिय छन्। सुरेन्द्रलाई यस व्यवसायमा उनकी श्रीमती सुनिता ठाकुरले साथ दिँदै आएकी छन्। अमेरिकामा पहिलो शाखाको उद्घाटन अभिनेता राजेश हमालले गरेका थिए भने व्यवस्थापन जिम्मा कलाकार महादेव त्रिपाठीले सम्हालेका थिए।

दीपक–दीपाले आफ्नो अमेरिकी यात्रा अन्तर्गत पहिलो प्रस्तुति हालै टेक्सासमा सम्पन्न ‘मम फेस्टिवल २०२५—दशैं तिहार मेला’मा दिएका थिए। कार्यक्रममा हास्यकलाकार जीतु नेपालका साथसाथै गायक प्रेमराजा महत, अस्मिता अधिकारी, महेश काफ्ले लगायतका कलाकारहरूले पनि प्रस्तुति दिएका थिए। उनीहरूको अमेरिकी टुरअन्तर्गत अझै केही प्रस्तुति बाँकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?