मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज सुनको मूल्य ९ सयले घट्यो

काठमाडौं। नेपाली बजार आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेर २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार हालसम्मकै उच्च २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदी पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर २ हजार ५ सय २० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?