काठमाडौं । अण्डा स्वास्थ्यका लागि उपयोगी खाद्य पदार्थ मानिए पनि यसलाई गलत तरिकाले पकाउँदा शरीरमा गम्भीर असर पर्न सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। पोषणविद्हरूका अनुसार अण्डा अत्यधिक तापक्रममा पकाउँदा शरीरमा क्यान्सर र मुटु रोगको जोखिम समेत बढ्ने सम्भावना हुन्छ।
प्रोटिन, कोलिन, एमिनो एसिड र स्वस्थ कोलेस्ट्रोलको भरपूर स्रोत मानिने अण्डा धेरै तापमा लामो समयसम्म पकाउँदा अक्सिस्टेरोल नामक हानिकारक रसायन बन्ने अनुसन्धानले देखाएको छ।
लिपिड्स इन हेल्थ एण्ड डिजिज नामक एक अध्ययनअनुसार अत्यधिक तापमा तातिएको अण्डामा बन्ने अक्सिस्टेरोलले शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छ, जसले धमनीमा प्लाक जमाउने काम गर्छ र हृदयघात वा स्ट्रोकको जोखिम बढाउँछ।
क्यान्सरको खतरा
क्यान्सर प्रिभेन्सन रिसर्च जर्नलमा प्रकाशित एक समीक्षामा उल्लेख भएअनुसार अक्सिस्टेरोलको उच्च स्तरले स्तन, पित्तथैली, कोलोन र प्रोस्टेट क्यान्सरको जोखिम २२ प्रतिशत सम्म बढाउन सक्छ। साथै, यसले शरीरको प्रतिरोधात्मक क्षमता घटाउने र स्वस्थ कोषहरूमा क्षति पुर्याउने सम्भावना पनि रहेको जनाइएको छ।
आँखामा असर, स्मरणशक्ति कमजोर
स्वास्थ्य विज्ञहरूका अनुसार अक्सिडेटिभ तनावले आँखाको दृष्टि र मस्तिष्कको कार्यप्रणालीमा पनि असर पार्न सक्छ। लामो समयसम्म यस्तो तनाव कायम रहेमा बुढ्यौलीसँग सम्बन्धित मस्तिष्क रोगको खतरा पनि बढ्ने देखिएको छ।
कसरी पकाउने अण्डा सुरक्षित ?
पोषण विशेषज्ञहरू भन्छन्, अण्डा पकाउँदा कम तापक्रम मा पकाउने विधि अपनाउनु उपयुक्त हुन्छ। हल्का स्क्र्याम्बल्ड अण्डा वा तरकारीसहितको ओमलेट यसका लागि सुरक्षित विकल्प मानिन्छ। यसले अण्डामा अक्सिस्टेरोल बन्ने सम्भावना कम गर्छ र आवश्यक पोषणलाई जोगाइराख्छ।
साथै, अण्डा फ्राइ गर्दा एभोकाडो तेल प्रयोग गर्नु लाभदायक हुने विज्ञहरू बताउँछन्। यसमा पाइने मोनोअनसैचुरेटेड फ्याट ले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।
किन जोगिनुपर्छ अत्यधिक फ्राइबाट ?
विशेषज्ञहरूका अनुसार दीर्घ समयसम्म कडा तापमा फ्राइ गरिएको अण्डा स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्यधिक फ्राइ गर्दा न त पोषण बाँच्छ, न त स्वाद। साथै, अण्डाको कोलेस्ट्रोल उच्च तापमा अक्सिडाइज भएर शरीरमा विषालु रसायनको रूपमा काम गर्न थाल्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया