मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बिग बोस १९ मा नयाँ विवाद: बसिर र नेहलको मित्रता टुट्यो !

काठमाडौं । लोकप्रिय रियालिटी शो बिग बोस १९ मा फेरि एउटा नयाँ ट्विस्ट आएको छ। शनिबारको ‘वीकेन्ड का वार’ एपिसोडमा निर्देशक तथा कोरियोग्राफर फराह खान होस्ट बनेकी थिइन् र उनले प्रतियोगीहरूलाई कडा शैलीमा प्रश्न गर्दै आलोचना गरिन्।

फराहले सबैलाई सोधिन्, ‘यदि कुनै एक साथीको साथ मित्रता तोड्नु परे, त्यो को हुने थियो?’ यस प्रश्नमा बसिर अलीले नेहल चुडासमाको नाम लिएर आफ्नो मित्रता समाप्त भएको घोषणा गरे। भिडियोमा बसिरले भने, “मेरो मित्रताको मिटर सकियो,” र नेहलको अनुहारमा रातो मसी लगाउँदै सम्बन्ध टुटेको देखाए।

यसले घरभित्र हलचल मच्चाएको छ, किनभने बसिर र नेहलको मित्रता सुरुदेखि नै बलियो मानिन्थ्यो। खासगरी नेहल कप्तानका रूपमा घाइते हुँदा बसिरले उनलाई विशेष सहयोग गरेको थियो।

फराहले कुनिका सदानन्द, नेहल र बसिरलाई समेत उनीहरूको व्यवहारका कारण कडा चेतावनी दिइन् र भनिन् कि प्रतियोगीहरूले आफूलाई धेरै राम्रो ठान्ने गरेको तर वास्तवमा आफैंलाई धोका दिइरहेको अवस्था छ। उनले थपिन्, “अब आफ्नो खेलमा ध्यान दिनु पर्ने बेला हो।”

यससँगै बिग बोस १९ को घरमा नयाँ तनाव सिर्जना भएको छ र आगामी दिनमा प्रतियोगीहरूबीचका सम्बन्धमा थप उतारचढाव आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?