काठमाडौँ – आज भदौ २२ गते पूर्ण चन्द्रग्रहण लाग्नेछ। राति ९:५८ बजे सुरु हुने यो ग्रहण १:२६ बजे समाप्त हुनेछ। शनिदेवको स्वामित्व रहेको कुम्भ राशिमा लाग्ने यो खगोलीय घटना भारत, नेपाललगायत दक्षिण एसियाका देशहरूमा प्रत्यक्ष रूपमा देखिनेछ।
यसै दिनदेखि पितृ पक्ष (श्राद्ध) पनि सुरु हुँदैछ, जसले धार्मिक रूपमा ग्रहणलाई अझ विशेष बनाएको छ। चन्द्रग्रहण देखिने भएकाले सुतककालका नियमहरू लागु हुने र पूजा–पाठ, भोजन लगायतका क्रियाकलापमा सावधानी अपनाउने ज्योतिषीय परम्परा छ।
कुन राशिमा कस्तो असर ?
ज्योतिषीय दृष्टिकोणबाट हेर्दा, यो ग्रहणले सबै राशिमा आ–आफ्नो प्रभाव पार्नेछ। तर विशेषगरी चार राशिमा नकारात्मक असर देखिन सक्ने चेतावनी दिइएको छ।
१. कर्कट राशि
राशि स्वामी: चन्द्रमा
चन्द्रग्रहणको मुख्य असर चन्द्रमामै पर्नुका कारण कर्कट राशि प्रभावित हुने मुख्य राशिमध्ये एक हो।
यो समयमा मानसिक अस्थिरता, स्वास्थ्य समस्या र पारिवारिक तनाव देखिन सक्छ।
ज्योतिषहरूले ध्यान, प्रार्थना र मानसिक सन्तुलन कायम राख्न सुझाव दिएका छन्।
२. कन्या राशि
चन्द्रग्रहण कन्या राशिको छैठौं भावमा पर्दैछ, जसले कामकाज र आर्थिक निर्णयमा बाधा ल्याउन सक्छ।
नयाँ योजना सुरु नगर्नु, ऋण वा कानुनी विवादबाट टाढा रहनु उपयुक्त हुनेछ।
स्वास्थ्यमा पनि स-साना समस्या देखा पर्न सक्ने भएकाले सावधानी आवश्यक छ।
३. कुम्भ राशि
ग्रहण सिधै कुम्भ राशिमै लाग्ने भएकाले यहाँको प्रभाव सबैभन्दा गहिरो हुन सक्नेछ।
शारीरिक कमजोरी, आत्मबलमा गिरावट, र सम्बन्धमा तनाव देखिन सक्छ।
वाणी र व्यवहारमा संयम अपनाउनु, सन्तुलित दिनचर्या अपनाउनु लाभदायक हुने ज्योतिषहरूको भनाइ छ।
४. मीन राशि
चन्द्रग्रहण मीन राशिको बाह्रौं घरमा पर्न जाँदैछ, जुन ज्योतिषमा हानिको भाव मानिन्छ।
यो समयमा अनावश्यक खर्च, मानसिक दबाब, तथा यात्रामा समस्या देखिन सक्छ।
– स्वास्थ्य र आर्थिक क्षेत्रमा सावधानी अपनाउन जरुरी हुनेछ।
के गर्ने, के नगर्ने ?
ग्रहणको समयमा धार्मिक परम्पराअनुसार सुतक लाग्ने भएकाले:
नियमित ध्यान, मन्त्रजप र चन्द्रमा सम्बन्धी शान्ति पूजा गर्न सकिन्छ।
ग्रहण अवधिमा खाना नखानु, तिखा वस्तु प्रयोग नगर्नु र धार्मिक कार्य नगर्नु उत्तम।
ग्रहणको प्रभाव व्यक्ति विशेषको जन्मकुण्डलीअनुसार भिन्न हुन सक्छ। त्यसैले कुनै विशेष निर्णय लिँदा विश्वसनीय ज्योतिषसँग परामर्श गर्न सुझाव दिइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया