मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अदुवाको अत्यधिक सेवन स्वास्थ्यका लागि गम्भीर असर

काठमाडौँ – दैनिक जीवनमा व्यापक रूपमा प्रयोग गरिने अदुवा स्वाद मात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। चिया, खानामा मसला, तथा औषधीय प्रयोगमा अदुवाको प्रयोग सधैं हुँदै आएको छ।

तर, हालैका अनुसन्धानहरूले देखाएका छन्, कि अदुवाको अत्यधिक वा अनुचित सेवनले स्वास्थ्यमा गम्भीर नकारात्मक असर पनि पार्न सक्छ।

फाइदाको साथसाथै खतरा पनि !

अदुवामा पाइने एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणले पाचन सुधार, रोग प्रतिरोधात्मक क्षमता वृद्धिदेखि सूजन कम गर्नसम्म सहयोग पुर्‍याउँछ। तर विज्ञहरू भन्छन्, यदि नियमित सेवन सही मात्रामा नभएमा यसले रगत पातलो बनाउने, औषधिहरू सँग अन्तरक्रिया गर्ने, पाचन प्रणालीमा गडबडी ल्याउने र एलर्जीको जोखिम बढाउने सम्भावना हुन्छ।

रगत पातलो पार्न सक्ने असर

‘प्लस वन’ जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, अदुवाले रगत जम्ने प्लेटलेटहरूको कार्यलाई सुस्त बनाउने असर गर्छ। यस्तो प्रभाव हृदयघात र स्ट्रोकको जोखिम घटाउन उपयोगी हुन सक्छ, तर रक्तस्रावको खतरा भने बढाउँछ, विशेषतः एस्पिरिन वा अन्य एन्टी–थ्रोम्बोटिक औषधि सेवन गर्ने व्यक्तिहरूमा।

पाचन प्रणालीमा असर

‘फूड साइन्स एण्ड न्यूट्रिशन’को अनुसन्धान अनुसार, अत्यधिक अदुवा सेवनले पेटमा जलन, ग्यास र पखाला जस्ता समस्या निम्त्याउन सक्छ। संवेदनशील व्यक्तिहरूमा त यसले ग्यास्ट्रिकको अवस्था समेत बिगार्न सक्छ।

औषधिहरूसँग अन्तरक्रिया

‘इन्टरनेशनल जर्नल अफ एन्डोक्राइनोलजी एण्ड मेटाबोलिज्म’मा प्रकाशित अध्ययनमा उल्लेख गरिएअनुसार, अदुवाले मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्ने औषधिहरूको प्रभावलाई असन्तुलित बनाउन सक्छ। यसले चिनीको मात्रा अत्यन्तै घटाउने जोखिम उत्पन्न गर्न सक्छ।

एलर्जीको जोखिम

केही व्यक्तिहरूमा अदुवाले एलर्जिक प्रतिक्रिया पनि गराउन सक्छ। हल्कादेखि गम्भीर एलर्जी (सास फेर्न गाह्रो हुने अवस्था) सम्म देखिने सम्भावना हुने भएकाले एलर्जीको संकेत देखिएमा अदुवा सेवन तत्काल रोक्नु उपयुक्त हुन्छ।

गर्भावस्थामा विशेष सावधानी

गर्भावस्थामा बिहानको वाकवाकी कम गर्न अदुवा उपयोगी मानिए पनि, अत्यधिक मात्रामा सेवन गर्दा गर्भपतनको खतरा रहन सक्छ। अमेरिकी राष्ट्रिय पुस्तकालयको एक अध्ययन अनुसार, गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना अदुवाको मात्रा नबढाउनु उचित हुन्छ।

स्वास्थ्यका लागि लाभदायक भए पनि अदुवाको प्रयोग सन्तुलित र सूचित रूपमा गर्नु अनिवार्य छ। घरेलु उपचार हो भनेर जथाभावी सेवन गर्दा यिनै गुणकारी पदार्थहरू कहिलेकाहीं हानिकारक बन्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?