मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्दा शुक्रबार बिहान अधिकांश ठाउँमा आंशिकदेखि सामान्य बदलीको स्थिति देखिएको छ।

महाशाखाका अनुसार देशका धेरै भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ। दिउँसो पनि देशभर बदली रहने र सातै प्रदेशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

साथै, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भारी वर्षाको जोखिम पनि रहेको महाशाखाले जनाएको छ। राति पनि आंशिकदेखि सामान्य बदली रहने, तर कोशी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?