बर्लिन – जर्मन संसदले स्वैच्छिक सैन्य सेवा विधेयक पारित गरेको छ। यसपछि जर्मनीका नागरिकहरू आफ्नो इच्छाअनुसार सेनामा काम गर्न पाउनेछन्। यो निर्णय मुख्य रूपमा रुसबाट सुरक्षा खतरा बढेको पृष्ठभूमिमा आएको हो।
नयाँ विधेयकअनुसार, १८ वर्ष वा सोभन्दा माथिका युवाले सेनामा भर्ना हुन आवेदन दिन सक्नेछन् र ६ महिनाको तालिम लिने अवसर प्राप्त गर्नेछन्।
हाल जर्मनीमा १ लाख रिजर्भ सैनिक छन् भने, रक्षामन्त्री बोरिस पिस्टोरियसले यस विधेयकले रिजर्भ सैनिकको संख्या दोब्बर गराउने अपेक्षा राखेका छन्। उनीहरूले सन् २०३० सम्म सक्रिय सैनिक संख्या १ लाख ८० हजारबाट बढाएर २ लाख ६० हजार बनाउन चाहेको बताइएको छ।
रक्षामन्त्री पिस्टोरियसले विधेयक पारित भएपछि जर्मनीको सुरक्षा बलियो बन्ने आशा व्यक्त गरेका छन्। तर, जर्मन चान्सलर फ्रेडरिक मर्ज यस विधेयकबाट सन्तुष्ट नभएको खबर छ। उनी पुनः अनिवार्य सैन्य भर्ती लागू गर्ने पक्षमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया