मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पोखरेली मसिनो’ शुभमुहूर्त सम्पन्न

काठमाडौं- नेपाली चलचित्र क्षेत्रका प्रख्यात छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनतर्फ उन्मुख भएका छन्। लामो समयदेखि दर्जनौं चलचित्रमा आफ्नो छायांकनकला मार्फत दर्शकको मन जितिसकेका कार्कीले पहिलो पटक निर्देशनमा हात हाल्दै ‘पोखरेली मसिनो’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेका छन्।

सोमबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा–आजासहित चलचित्रको शुभमुहूर्त सम्पन्न गरिएको थियो। पारिवारिक सम्बन्ध विशेषगरी बाबु–छोरीबीचको संघर्ष र माया–ममतामा आधारित यो फिल्म कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीले संयुक्त रुपमा निर्देशन गर्ने भएका छन्। चलचित्रको निर्माण भने कार्कीले आफैं गर्नेछन्।

चलचित्रको कथा शान्ति गिरीले लेखेकी हुन् भने पटकथा शैलेन्द्र र शान्तिको संयुक्त रहनेछ। शुभमुहूर्त कार्यक्रममा निर्माता/निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको उपस्थिति थियो। मंगलबार पोखरा पुगेपछि बुधबारदेखि छायांकन सुरु हुने बताइएको छ। ३० दिनको सुटिङ तालिका तय गरिएको छ।

फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी, हिउँवाला गौतमलगायत कलाकारहरूले अभिनय गर्नेछन्।

आगामी वर्षको बडादशैंलाई लक्षित गरेर प्रदर्शनमा ल्याइने ‘पोखरेली मसिनो’ मा श्रवण मुकारुङका गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको छायांकन (डीओपी) र निमेष श्रेष्ठको सम्पादन रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?