काठमाडौँ – एक नयाँ अध्ययनले सेतो पल्पी फलफूल र तरकारीको नियमित सेवनले ग्यास्ट्रोइंटेस्टाइनल (GI) क्यान्सरको जोखिम ३६ प्रतिशतसम्म घटाउने देखाएको छ।
यो अध्ययन पोषण अनुसन्धान जर्नल (Journal of Nutrition Research) मा हालै प्रकाशित भएको हो। सन् २००७ देखि २०२१ सम्म राष्ट्रिय क्यान्सर केन्द्रमा पुगेका ११ हजारभन्दा बढी व्यक्तिहरूको डाटामा आधारित यो अध्ययनमा २१४ जनामा GI क्यान्सर पाइएको थियो।
शोधकर्ताहरूले सहभागीहरूको आहारसम्बन्धी जानकारी फूड फ्रिक्वेन्सी प्रश्नावली (FFQ) मार्फत संकलन गरेका थिए।अध्ययनमा फलफूल र तरकारीलाई तिनीहरूको भित्री रङ (पल्प) अनुसार समूहबद्ध गरिएको थियो।
जसअनुसार, सेतो पल्पी समूहमा स्याउ, केरा, नासपाती, काउली लगायतका खाद्यपदार्थ पर्थे, भने रातो वा बैजनी पल्पी समूहमा गोलभेंडा, स्ट्रबेरी, अंगुर आदि समावेश थिए।
अध्ययनको निष्कर्षअनुसार, सेतो पल्पी फलफूल तथा तरकारीहरूको बढी सेवन गर्ने व्यक्तिहरूमा GI क्यान्सर हुने सम्भावना अन्य समूहको तुलनामा उल्लेखनीय रूपमा कम देखिएको हो।
ग्यास्ट्रोइंटेस्टाइनल क्यान्सर भन्नाले पाचन प्रणालीसँग सम्बन्धित अंगहरू—जस्तै पेट, पित्तथैली, प्यान्क्रियास, सानो र ठूलो आन्द्रा, मलाशय र कलेजो—मा हुने क्यान्सरलाई जनाउँछ।
विशेष गरी कोलोन क्यान्सर र कलेजो क्यान्सर पछिल्ला वर्षहरूमा तीव्र रूपमा वृद्धि हुँदै गइरहेका छन्।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार GI क्यान्सरहरू विश्वव्यापी मृत्युको प्रमुख कारणहरूमध्ये एक हुन्।
पोषणविद्हरूका अनुसार, सेतो पल्पी फलफूल र तरकारीहरूमा प्रशस्त मात्रामा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट पाइन्छ।
यी पोषकतत्वहरूले शरीरबाट विषाक्त तत्व हटाउन, पाचन प्रणाली सुदृढ बनाउन तथा शरीरभित्रको सूजन घटाउन मद्दत गर्छन्।
उनीहरूले स्वस्थ पाचन प्रणाली र क्यान्सरको जोखिम न्यून गर्नका लागि दैनिक रूपमा स्याउ, केरा, नासपाती, काउली र मूली जस्ता सेतो पल्पी खाद्यपदार्थहरू सेवन गर्न सुझाव दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया