काठमाडौँ – फिटनेसप्रति महिलाहरूको जागरूकता बढेसँगै अक्सर यो प्रश्न उठ्ने गर्छ कि हल्का व्यायाम गर्ने कि भारी कसरत । चिकित्सक र फिटनेस विशेषज्ञहरूले भनेका छन्, महिलाहरूको लागि सन्तुलित व्यायाम नै सबैभन्दा उपयुक्त हुन्छ ।
हल्का व्यायाम जस्तै हिँड्ने, योग, स्ट्रेचिङ र साइकलिङले मुटु स्वास्थ्य सुधार्न, रक्तसञ्चार बढाउन र तनाव कम गर्न मद्दत गर्छ। यसले निद्रा सुधार्ने साथै मांसपेशीहरूलाई लचिलो बनाउँछ।
त्यस्तै, भारी व्यायामहरू जस्तै जिम वेट ट्रेनिङ, उच्च तीव्रता कार्डियो र पावर योगाले तौल घटाउन, मांसपेशी टोन गर्न र मेटाबोलिज्म तेज पार्न सहयोग गर्छ ।
तर यसलाई बिस्तारै र सही तरिकाले गर्न आवश्यक हुन्छ ताकि चोटपटक नहोस्।विज्ञका अनुसार महिलाहरूलाई हप्तामा ३–४ दिन हल्का र २–३ दिन भारी व्यायाम गर्न सल्लाह दिएका छन् ।
विशेषज्ञहरूको सुझाव:
आफ्नो उमेर र स्वास्थ्यअनुसार व्यायामको प्रकार छनोट गर्नुपर्छ।
हरेक व्यायाम अघि वार्म-अप र स्ट्रेचिङ गर्नुहोस्।
३–६ महिनासम्म नियमित अभ्यास गर्दा मात्र सकारात्मक परिणाम देखिन्छ।
कुनै चोटपटक वा रोग भएमा चिकित्सकसँग परामर्श अनिवार्य छ।
समग्रमा, हल्का र भारी व्यायामको सन्तुलन नै महिलाहरूका लागि उत्तम मानिन्छ । यसले तौल नियन्त्रण, मांसपेशी विकास र दीर्घकालीन स्वस्थ जीवनशैली कायम गर्न मद्दत पुर्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया