मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका झुमा लिम्बुको ‘रैथाने घुमफिर २०८२’ नेपालभरिको सांगीतिक यात्रा सुरु

काठमाडौँ – चर्चित लोकगायिका झुमा लिम्बुले ‘रैथाने घुमफिर २०८२’ नामक सांगीतिक कार्यक्रम लिएर नेपालका विभिन्न ठाउँहरूमा प्रस्तुति दिने तयारी गरेकी छन् । चलचित्र ‘जारी २’ सँगको सहकार्यमा आयोजना हुने यो सांगीतिक यात्रा भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट सुरु हुनेछ।

उनको ब्यान्ड ‘दि रैथाने’ सहित झुमाले नेपालका १० भन्दा बढी सहरमा स्थानीय सांस्कृति र गीत संगीतलाई प्राथमिकता दिँदै प्रस्तुति दिनेछिन्। प्रत्येक कन्सर्टमा स्थानीय कला र सांस्कृतिक विविधता समेटिने छ ।

यस यात्राको मुख्य उद्देश्य नेपालको मौलिक सांस्कृतिक पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्नु हो। कार्यक्रममा हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारूनी लगायतका लोकसंगीत र नृत्य समेटिने छ ।

‘रैथाने घुमफिर २०८२’ यस वर्ष नेपालमै सीमित रहँदा, अर्को वर्ष यसलाई विदेशमा लैजान योजना पनि बनाइएको छ। प्रत्येक स्थानिय प्रस्तुतीमा स्थानीय कलाकारहरूको सहभागिता रहने र सांस्कृतिक विविधतालाई सम्मान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?