मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेता धीरज मगरविरुद्ध निर्माता संघमा उजुरी

काठमाडौं- अभिनेता धीरज मगरविरुद्ध ‘ऐरी’ फिल्मका निर्माताले १४ करोडभन्दा बढी क्षतिपूर्ति दाबी गर्दै चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका छन्।

मल्टिमेट प्रालिका कमलबहादुर आलेले २ भदौमा दिएको उजुरीमा धीरजले सहमतिअनुसार सुटिङमा उपस्थित नहुँदा फिल्मलाई १४ करोड ७९ लाखभन्दा बढी क्षति पुगेको उल्लेख छ।

१० लाख पारिश्रमिकमध्ये ४ लाख अग्रिम पाइसके पनि धीरजले १६ दिन मात्र सुटिङ गरेको र बाँकी २८ दिन अनुपस्थित भएको दाबी गरिएको छ। कानूनी नोटिस पठाउँदा पनि सम्पर्कमा नआएको आरोप छ।

निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार दुबै पक्षलाई बोलाएर मिलापत्रको प्रयास गरिनेछ, असफल भए कानूनी प्रक्रियामा जानेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?