मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दयाहाङ राई ‘मैझारो’मा सरप्राइज अवतारमा, लुक्स सार्वजनिक

काठमाडौं- फिल्म ‘मैझारो’ को छायांकन अन्तिम चरणमा पुगेको बेला अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक भएको छ। लिम्बू समुदायको भेषमा तीर तानेको मुद्रामा देखिएका उनको फोटो अहिले चर्चामा छ।

निर्माण पक्षले दयाहाङको भूमिकाबारे विस्तृत जानकारी नखुलाए पनि उनको उपस्थितिलाई दर्शकका लागि सरप्राइजको रूपमा राखिएको निर्देशक विल्सन बिक्रम राईले बताएका छन्। यसअघि दयाहाङ फिल्ममा हुने–नहुने विषयमा निर्माण पक्ष मौन थियो।

साउनको पहिलो हप्तादेखि इलाममा सुटिङ थालिएको मौलिक प्रेमकथामा आधारित यस फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुसहितका कलाकारहरू छन्। प्रारम्भिक सूचीमा नाम नखुलाइएकामा अन्ततः दयाहाङ मुख्य भूमिकासहित देखिने पक्का भएको हो।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। निर्देशक राईकै कथामा बनेको फिल्म इलामको देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका विभिन्न रमणीय स्थानमा खिचिएको हो।

विल्सन बिक्रम राईकै कथा तथा पटकथामा बनेको ‘मैझारो’ मा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ। राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारीलगायतका गायक–गायिकाले स्वर दिएका छन्। सौरभ लामाले छायांकन गरेको फिल्म तक्मे प्रोडक्सन को ब्यानरमा बनेको हो। यसको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?