काठमाडौँ – धेरैजसो हामीले कामधन्दा र तनावका कारण थकान महसुस गर्छौं, तर कहिलेकाहीँ आराम गरेपछि पनि निरन्तर थकान हुनु शरीरबाट आउने गम्भीर चेतावनी हुन सक्छ। मुटुमा रगत र अक्सिजनको आपूर्ति अवरुद्ध हुँदा शरीरमा ऊर्जा कमी हुन्छ र थकान महसुस हुन्छ।
धेरै मानिसहरू यसलाई कमजोरी वा व्यस्त दिनचर्याको परिणाम हो भनेर बेवास्ता गर्छन्। तर के तपाईंलाई थाहा छ कि आराम गरेपछि पनि निरन्तर थकान महसुस गर्नु तपाईंको मुटुको स्वास्थ्यसँग सम्बन्धित गम्भीर संकेत हुन सक्छ।
शरीरले दिने मुख्य चेतावनी संकेतहरू:
निरन्तर थकान: निद्रा वा आरामपछि पनि शरीर ताजा महसुस नहुनु।
सास फेर्न गाह्रो हुनु: सामान्य गतिविधि गर्दा पनि सास फेर्न गाह्रो लाग्नु।
छातीमा भारीपन वा दुखाइ: मुटुको समस्या देखाउने सर्वाधिक गम्भीर लक्षण।
चक्कर लाग्नु र कमजोरी: बारम्बार यस्तो अनुभव हुनु।
खुट्टा सुन्निनु वा गोलीगाँठो महसुस हुनु: रक्तसञ्चारमा समस्या हुनु।
किन थकानलाई बेवास्ता गर्नु हुँदैन ?
थकानलाई सामान्य मान्नु निकै जोखिमपूर्ण हुन सक्छ। मुटुको रोगका कारण थकान हुँदा समयमै उपचार नगरे हृदयघातको सम्भावना बढ्छ।
डाक्टरलाई कहिले देखाउने ?
सास फेर्न गाह्रो भइरहेको छ भने
छातीमा दुखाइ वा भारीपन महसुस भएमा
दैनिक काम गर्दा कमजोरी छ भने
खुट्टामा निरन्तर सुन्निने समस्या भएमा
बारम्बार चक्कर लागेमा
मुटु स्वस्थ राख्ने उपायहरू
सन्तुलित र पौष्टिक आहार लिनुहोस्
दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नुहोस्
धूम्रपान र मदिरा सेवनबाट बच्नुस्
तनाव कम गर्न योग वा ध्यान गर्नुहोस्
नियमित स्वास्थ्य जाँच गराउनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया