मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरियाणास्थित एल्विश यादवको घरमा गोली प्रहार, कुनै मानवीय क्षति भएन

काठमाडौँ – चर्चित युट्युबर तथा ‘बिग बोस’ विजेता एल्विश यादवको हरियाणास्थित घरमा आइतबार बिहान करिब ५:३० बजे गोली प्रहार भएको छ। घटना गुरूग्रामको उनको घर बाहिर मोटरसाइकलमा आएका तीन जना नकाबधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ।

घटनामा कुनै पनि मानवीय क्षति भने नभएको हिन्दुस्तान टाइम्सले जनाएको छ। गोली प्रहारको समयमा एल्विश यादव घरमा थिएनन्, तर उनको परिवारका केही सदस्य र रेखदेख गर्ने व्यक्ति घरमा उपस्थित थिए। यी सबैलाई चोटपटक नलागेको प्रहरीले पुष्टि गरेको छ।

गोली प्रहारले भवनको भुइँ र पहिलो तल्लामा क्षति पुगेको छ भने केही सिसा फुटेका छन्। एल्विश दोस्रो र तेस्रो तल्लामा बस्ने गरेका छन्।

प्रहरीले घटनास्थलमा पुगेर फरेन्सिक नमुना संकलन गरेको छ र वरपरका सीसीटीभी फुटेजको पनि समीक्षा गरिरहेको छ। परिवारले औपचारिक उजुरी दिएपछि थप कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अघि बढाइने अधिकारीहरूले बताएका छन्।

एल्विश यादवले सन् २०१६ मा आफ्नो युट्युब च्यानल सुरु गरेका थिए र उनका भिडियोहरू लाखौं भ्युज पाउने गरेका छन्। गायक तथा मोडल पनि रहेका उनी ‘बिग बोस’ जितेपछि अझ चर्चित बनेका थिए। घटना शान्ति र सुरक्षा कायम राख्न कडा अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?