काठमाडौं- सरकारले निर्माणाधीन नागढुंगा सुरुङमार्गको प्रयोगका लागि दस्तुर दर तय गरेको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।
कार र भ्यान काठमाडौं आउँदा ६५ तथा जाँदा ६० रुपैयाँ तोकिएको छ।
मिनीबस र मिनीट्रकका लागि काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ दस्तुर कायम गरिएको छ। ठूला बस र ट्रकको हकमा जाँदा २६० र आउँदा २०० रुपैयाँ राखिएको छ। भारी उपकरणको हकमा आउँदा ६ सय र जाँदा २५० रुपैयाँ राखिएको छ।
यस बैठकमा नागढुंगा सुरुङमार्गको दस्तुर निर्धारणसहित अन्य १८ वटा निर्णयसमेत गरिएको सरकारको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया