मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुस्लिम दर्शकले पनि रुचाए ‘महावतार नरसिंह्मा’

मुम्बई– एनिमेटेड पौराणिक फिल्म ‘महावतार नरसिंह्मा’ ले अहिले विभिन्न धर्मका दर्शकबीच चर्चा बटुलिरहेको छ । हिन्दू मिथकमा आधारित भए पनि यो फिल्मलाई हेर्नेमा केवल हिन्दूमात्र नभई मुस्लिम दर्शकको पनि ठूलो सहभागिता देखिएको निर्देशक अश्विन कुमारले बताएका छन् ।

निर्देशक कुमारका अनुसार यो फिल्म रिलिज भएपछि उनीहरूलाई धेरै मुस्लिम दर्शकको प्रत्यक्ष प्रतिक्रिया प्राप्त भएको छ ।

तीमध्ये केही दर्शकले स्पष्ट रूपमा के भनेका छन् भने यो फिल्मले उनीहरूको आफ्नै आस्था र विश्वासलाई अझ बलियो बनाएको छ । ‘फिल्मले मलाई आफ्नो धर्मप्रति अझ दृढ बनायो’ भन्ने प्रतिक्रिया धेरै मुस्लिम दर्शकले दिएको निर्देशकले बताए ।

निर्देशक कुमारले के कुरा स्पष्ट पारेका छन् भने उनको उद्देश्य कुनै धर्म परिवर्तन गराउनु थिएन अथवा होइन पनि । बरु, फिल्मको सन्देश भनेको मानिसलाई आफ्नो आस्था, विश्वास र आध्यात्मिक ऊर्जाप्रति समर्पित र दृढ बनाउनु हो ।

उनी भन्छन्– ‘तपाईं ईश्वरमा विश्वास गर्नुहुन्छ अथवा केवल ऊर्जा वा ब्रह्माण्डमा भने त्यो तपाईंको व्यक्तिगत कुरा हो । म भन्न चाहन्छु, तपाईं जसमा विश्वास गर्नुहुन्छ, त्यसमा पूर्ण समर्पण र दृढता होस् ।’

दर्शकबाट आएका प्रतिक्रियाले निर्देशकलाई आश्चर्यचकित तुल्याएको छ, किनभने सामान्यतया धार्मिक विषयमा आधारित फिल्महरूमा धार्मिक विभाजनको सम्भावना र कन्ट्रोभर्सि देखिन्छ । तर ‘महावतार नरसिंह्मा’ ले त्यसको उल्टो प्रभाव पारेको छ । यसले विभिन्न समुदायका दर्शकलाई एकै प्लेटफर्ममा ल्याएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूले पनि यो धार्मिक पक्षलाई उल्लेख गर्दै फिल्मले धार्मिक सीमाहरूलाई पर्खाल होइन, पुलको रूपमा प्रयोग गरेको टिप्पणी गरेका छन् ।

निर्देशक अश्विन कुमारको डेब्यू , जयापूर्ण दासको लेखन तथा क्लिम प्रोडक्सन तथा होम्बले फिल्म्सले उत्पादन गरेका यो फिल्म सिनेमाटिक यूनिभर्सको पहिलो अध्यायको रूपमा स्थापित भैसकेको छ, जुन भगवान विष्णुको दश अवतारबाट प्रेरित सात भागीय योजनामा आधारित छ ।

यसले प्रह्लाद र नरसिंह अवतारको सदाबहार कथा जीवित बनाएको छ, जसको आधार विष्णु पुराण, नरसिंह पुराण र श्रीमद्भागवत पुराणबाट लिइएको हो ।

फिल्मले राम्रो व्यवसाय गरेसंगै उत्कृष्ट प्रतिक्रियाहरु पाए पश्चात फिल्म निर्माण टिम यस्तै अन्य परियोजनामा काम गर्ने तयारीमा रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?