काठमाडौं- खिल बहादुर गुरुङ निर्देशित बहुप्रतिक्षित सिनेमा ‘रिमै’को शिर्षक गीत सार्वजनिक गरिएको छ। आगामी भदौ २० गतेदेखि प्रदर्शनमा आउने यस सिनेमामा दयाहाङ राई र रिश्मा गुरुङको लोकप्रिय जोडी पुनः पर्दामा फर्किने भएकाले दर्शकमाझ उत्साह बढेको छ।
बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा संगीत रहेको छ भने स्वर रिता केसी र अंशु लामाले (अश बहादुर गुरुङ) दिएका छन्। गुरुङ समुदायको परिवेशमा आधारित यस गीतको अडियो र भिडियो दुवैले उत्साहपूर्ण माहोल सृजना गर्ने अपेक्षा गरिएको छ।
‘रिमै’मा दयाहाङ र रिश्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुति तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस सिनेमामा उपेन्द्र सुब्बाको कथा, शैलेन्द्र ध्वज कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राईको सहायक निर्देशन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ।
यसका कार्यकारी निर्माता वीरबल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता र बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताका रूपमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया