काठमाडौं- लोकप्रिय गायिका विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ।
सपना म्युजिक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको थियो।
गीतका शब्द र संगीत विष्णु माझीका पति सुन्दरमणी अधिकारीले दिएका हुन्। यसमा छोरीको पीडा, लैंगिक विभेद, ग्रामीण भेगका महिलाको जीवन, सपना, संघर्ष र जिम्मेवारीलाई मार्मिक तरिकाले चित्रण गरिएको छ।
भिडिओमा प्रमुख मोडेलको रूपमा ललिता पौडेल देखिएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया