मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘कुली’ ले रिलिजअघि नै ‘वार 2’ लाई ७० करोडले पछि फाल्यो

काठमाडौँ – भारतीय फिल्म बजारमा शुक्रबारदेखि दुई बहुप्रतीक्षित चलचित्र ‘कुली’ र ‘वार २’ एकसाथ प्रदर्शनमा आउने तयारी छ। तर रिलिज हुनु अघि नै रजनीकान्त अभिनित ‘कुली’ले ऋतिक रोशन र जुनियर एनटीआर स्टारर ‘वार २’लाई अग्रिम टिकट बिक्रीमा ठूलो अन्तरले पछि पारेको छ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, ‘कुली’ले विश्वभरबाट अहिलेसम्म करिब ८५ करोड भारु बराबरको अग्रिम टिकट बिक्री गरिसकेको छ भने रिलिजअघि १०० करोड भारुको एड्भान्स बुकिङ पुग्ने अनुमान गरिएको छ।

त्यसैगरी, ‘वार २’ले अहिलेसम्म मात्र १५ करोड भारु बराबरको अग्रिम टिकट बिक्री गर्न सकेको छ, जुन ‘वार’ फ्रेन्चाइजको अपेक्षाभन्दा निकै कम हो।

नेपालमा पनि ‘कुली’प्रति दर्शक उत्साहित छन्। मंगलबारदेखि देशभरका करिब १५० हलहरूमा अग्रिम टिकट बिक्री सुरु भइसकेको छ। वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले भने, ‘हामी धमाकेदार ओपनिङको अपेक्षा गर्छौं। अहिले शोहरू पनि उत्साहजनक देखिन्छन्।’

भारत र विश्व बजारमा देखिएको सकारात्मक प्रभाव नेपालमा पनि पर्ने आशा गरिएको छ। रजनीकान्तको लोकप्रियताले नेपाली दर्शकहरूमा पनि फिल्मप्रति राम्रो आकर्षण देखिएको वितरकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?