मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फवाद खान र वाणी कपूरको ‘अबिर गुलाल’ २९ अगस्टमा विश्वव्यापी रिलिज, भारतमा भने प्रतिबन्ध

काठमाडौँ – पाकिस्तानी अभिनेता फवाद खान र बलिउड अभिनेत्री वाणी कपूर अभिनीत चलचित्र ‘अबिर गुलाल’ यही अगस्ट २९ मा विश्वव्यापी रूपमा रिलिज हुने भएको छ। तर, फिल्म भारतमा भने रिलिज नहुने भएको छ।

‘अबिर गुलाल’ पहिले मे ९ मा रिलिज हुने भनिए पनि भारत–पाकिस्तानबीचको सम्बन्ध चिसिँदै गएपछि रिलिज मिति पछि सारिएको थियो। भारतमा पाकिस्तानी कलाकारहरूमाथि अनौपचारिक प्रतिबन्ध जारी रहेकाले फिल्मलाई त्यहाँ प्रदर्शन गर्न अनुमति दिइएको छैन।

फिल्मको छायांकन पुरा भइसकेपछि पहलगाममा भएको आतंकवादी आक्रमण र त्यसपछिको राजनीतिक माहोलका कारण भारतीय सरकारले पाकिस्तानी कलाकारहरूमाथि रोक लगाएको थियो। यसै कारण, ‘अबिर गुलाल’ भारतमा रिलिज नहुने निर्णय गरिएको निर्माता पक्षले जनाएको छ।

यसअघि, दिलजीत दोसांझ अभिनीत फिल्म ‘सरदार जी ३’ पनि पाकिस्तानी अभिनेत्री हानिया आमिरको भूमिकाका कारण भारतमा रिलिज हुन सकेको थिएन।

फिल्मकी मुख्य अभिनेत्री वाणी कपूरले सामाजिक सञ्जालमार्फत विवादबारे प्रतिक्रिया दिँदै भनेकी छन्, “धेरै विषाक्तता र घृणा देखियो। म लगातार ‘बहिष्कार’ सुन्दैछु। यस्तो नगर्नुहोस्।”

त्यस्तै, चलचित्रमा सहअभिनेत्रीका रूपमा देखिने रिद्धि डोगराले पनि भनिन्, “मैले छायांकन गर्दा दुई देशबीचको सम्बन्ध राम्रो थियो। सबै कानुनी प्रक्रिया पालना गरेर काम गरेकी हुँ। अहिले मलाई त्यसको लागि दोषी नठान्नुहोस्।”

‘अबिर गुलाल’ अब गल्फ देशहरू, युरोप, अमेरिका, क्यानडा लगायतका विभिन्न देशमा रिलिज हुनेछ। भारतमा भने फिल्मको थिएटर प्रदर्शन रोकिएको हो।

फिल्मको टिजर पहिले नै सार्वजनिक भइसकेको छ र यसमा फवाद खान र वाणी कपूरको गम्भीर लुक तथा कथावस्तु दर्शकहरूलाई प्रभावित पार्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?