मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टाइगर श्राफ र संजय दत्तको एक्सन अवतार: ‘बागी ४’ को टिजर सार्वजनिक

काठमाडौँ – एक्सन फिल्म शृंखला बागी को चौथो श्रृंखला बागी ४ को टिजर सार्वजनिक भएको छ । टिजरमा टाइगर श्राफ र संजय दत्तको खतरनाक लुक र रक्तपातपूर्ण दृश्यले दर्शकलाई रोमाञ्चित बनाएको छ ।

१ मिनेट ४९ सेकेन्ड लामो टिजरमा टाइगर श्राफ, संजय दत्त, सोनम बाजवा र पूर्व मिस युनिभर्स हरनाज कौर सन्धुका अभिनय झल्किन्छन् । सुरुमा भावनात्मक दृश्य देखिए पनि टिजर अघि बढ्दै जाँदा तीव्र र हिंसात्मक शैलीमा प्रवेश गर्छ । टाइगर र संजयको लुक र एक्सन शैलीलाई पहिले नदेखिएको रुपमा प्रस्तुत गरिएको छ ।

टिजरमा संजय दत्त हातमा ठूलो चक्कु लिएर दौडिने, जलेको हातले चुरोट बालेको दृश्य विशेष रूपमा ध्यान खिच्ने किसिमको छ । टाइगरको संवाद ‘कुंडी खडकाऊ या सिधा भित्र आउं’ र ‘हर आशिक एक खलनायक है’ दर्शकमाझ लोकप्रिय भइरहेको छ ।

यस फिल्ममार्फत हरनाज कौर सन्धुले बलिउड डेब्यु गरिरहेकी छन् । सोनम बाजवा र हरनाज दुवैको एक्सन दृश्य पनि टिजरमा देखाइएको छ ।

फ्यानहरूबाट टिजरप्रति सकारात्मक प्रतिक्रिया आएको छ । एक प्रयोगकर्ताले लेखेका छन्, “बागी ४ सँग थिएटर रंगशालामा परिणत हुँदैछ,” भने अर्का एकले “यो वर्षको ब्लकबस्टर हुने निश्चित छ” भन्दै प्रतिक्रिया दिएका छन् ।

साजिद नाडियाडवालाद्वारा निर्माण गरिएको फिल्म सेप्टेम्बर ५ मा रिलिज हुने तय भएको छ । निर्देशन ए. हर्षले गरेका हुन् । टिजरले CBFC बाट ‘A’ प्रमाणपत्र पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?