मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सुख दुःख’मा विपना थापा अनुबन्धित

काठमाडौं- अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने तयारीमा रहेको फिल्म ‘सुख दुःख’मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन्। निर्माण टिमले बुधबार विपनालाई औपचारिक रूपमा फिल्ममा अनुबन्ध गरेको हो।

यसअघि फिल्म ‘ह्रस्वदीर्घ’मार्फत सहकार्य गरेका नीता र विपनाले अब दोश्रोपटक ‘सुख दुःख’मा एकसाथ काम गर्ने भएका हुन्। फिल्ममा जोडिन पाउँदा निकै उत्साहित रहेको बताउँदै विपनाले फिल्मको कथा आफूलाइ मन परेको र नीताको निर्देशनमा फेरि काम गर्ने मौका पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्।

निर्देशक नीताले पनि विपनाको भूमिकालाई निकै महत्वपूर्ण बताउँदै उनीसँग पुनः सहकार्य गर्न पाउनु आफूका लागि गर्वको विषय भएको बताइन्। यसअघि फिल्ममा मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठलाई पनि अनुबन्ध गरिसकिएको निर्देशक अधिकारीले जानकारी दिइन्। अन्य कलाकार र प्राविधिक पक्षको विवरण क्रमशः सार्वजनिक गरिने उनको भनाइ छ।

फिल्मको छायांकन आगामी फागुनबाट सुरु हुने तय भएको छ। चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालले फिल्मको छायांकनको जिम्मेवारी लिएका छन्। ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्म दसैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा ल्याइनेछ।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्रको वितरण रिच इन्टरटेनमेन्टले गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?