मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘हरिबहादुरको जुत्ता’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ– नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा तीन प्रमुख कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई फिचर गरिएको छ।

पोस्टरमा हरिवंश आचार्यलाई उनको चर्चित ‘हरिबहादुर’ पात्रमा देखाइएको छ भने प्रकाश सपुत केही रिसाएको मुद्रामा र स्वस्तिमा खड्का मन्द मुस्कानसहित देखिएकी छन्, जसले फिल्म रमाइलो र पारिवारिक हुने संकेत गर्छ।

शान थापा र विजय बस्यालले तयार पारेको उक्त पोस्टरले कलाकारको पात्रहरूबारे झल्को दिने प्रयास गरेको छ।

दीपेन्द्र के. खनाल निर्देशित यस चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ।

एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।

कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन तथा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर समावेश छ।

चलचित्र दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?