काठमाडौं। तीजको चहलपहल सुरु भएसँगै नेपाली संगीत बजारमा नयाँ लोक–आधुनिक तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ। गायिका वसन्ती लामा र गायक राज टाइगरको स्वरले सजिएको यो गीत सार्वजनिक भएलगत्तै दर्शकमाझ लोकप्रिय बन्न थालेको छ।
गीतमा सपना बानियाँको शब्द र वसन्ती लामाकै संगीत रहेको छ। परम्परागत लोक लयलाई आधुनिक भावमा प्रस्तुत गरिएको यस गीतको संगीत संयोजन सुन्दर लामाले गरेका छन्।
गीतको मुख्य पंक्ति – ‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा – ए सुनको चुराले!’ – महिलाको तीजसम्बन्धी स्वतन्त्र सोच, व्यंग्य र परिहासपूर्ण प्रस्तुती हो।
गीतको म्यूजिक भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् भने नृत्य संयोजन राहुल बराइलीले गरेका छन्। छायांकन मुकेश हुमागाईंको रहेको छ।
भिडियोमा दिक्पाल कार्की, सुषमा मगर, राज टाइगर र पुष्पा बिसुङ्खेले नृत्य र अभिनयमार्फत गीतलाई थप मनोरञ्जनात्मक बनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया