मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा स्वास्थ्य जोगाउन यस्ता तरकारी खानुहोस् उपयुक्त

काठमाडौं- अहिले देशभर गर्मी मौसम चरम चरणमा छ। यस्तो मौसममा सानो लापरवाहीले पनि स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। विशेषगरी खानपानमा ध्यान नदिँदा पेटसम्बन्धी समस्या, फुड प्वाइजन, एसिडिटी र डिहाइड्रेसन हुने सम्भावना धेरै हुन्छ।

चिकित्सकहरू भन्छन्, गर्मीमा तारेको, बेसार–तेलको बढी प्रयोग भएको वा झोल नभएको मसालेदार खाना खानु हुँदैन। त्यसको सट्टामा शरीरलाई चिसो राख्ने, सजिलै पच्ने र पोषण दिने खाद्यपदार्थहरू रोजिनुपर्छ।

“चिउरा, दालमोठजस्ता जंकफुड र मदिराको सेवन यस मौसममा खासै उपयुक्त हुँदैन। पाचन शक्ति कमजोर हुने भएकाले हल्का खाना खानु उपयुक्त हुन्छ।”

विशेषगरी केही तरकारीहरू गर्मीमा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छन्। यी तरकारीहरूले शरीर चिस्याउनुका साथै विषाक्त पदार्थ बाहिर निकाल्न, तौल नियन्त्रण गर्न, ग्यास्ट्रिकबाट बचाउन तथा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्छन्।

यहाँ प्रस्तुत छन् गर्मी मौसममा खान मिल्ने ६ असरदार तरकारी:

१. पाकेको फर्सी
फर्सी खनिज तत्वले भरिपूर्ण हुन्छ। यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ, एसीडीटी कम गर्छ र तौल घटाउन सहयोग पुर्‍याउँछ। फर्सीको बियाँ प्रोस्टेट क्यान्सर भएका बिरामीका लागि उपयोगी मानिन्छ। यसमा आइरन, म्याग्नेसियम, फस्फोरस र सेलेनियम पाइन्छ। गर्मीमा पेट गडबडी भएका व्यक्तिका लागि निकै उपयुक्त हुन्छ।

२. तिते करेला
स्वादमा तीतो भए पनि तिते करेला स्वास्थ्यका लागि अमृत समान मानिन्छ। फस्फोरस पाइने भएकाले कफ हटाउन मद्दत गर्छ। यसमा प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट र भिटामिन पाइन्छ।
तर गर्भवती महिलाले करेला अत्यधिक सेवन गर्न नहुने चिकित्सकहरूको सुझाव छ — यसले गर्भमा असर पुर्‍याउन सक्छ।

३. लौका
९६ प्रतिशत पानी हुने लौका चिसो प्रकृतिको तरकारी हो। यसले कलेजो सफा राख्न, ग्यास हटाउन, अल्सर, पायल्स र ग्यास्ट्रिकका बिरामीलाई फाइदा पुर्‍याउँछ। क्यालोरी कम हुने भएकाले तौल घटाउन खोज्नेहरूका लागि पनि उपयोगी हुन्छ।

४. प्याज
प्याजलाई गर्मीको वरदान मानिन्छ। यसमा भिटामिन सी, बी ६, आइरन, म्याङ्गनिज, पोटासियमलगायत तत्व भरिपूर्ण हुन्छन्। क्वेरसेटिन नामक एन्टीअक्सिडेन्टले गर्मीमा ‘लू’ लाग्नबाट जोगाउँछ। काँचो प्याज सलादका रूपमा उपयोग गर्दा अझ राम्रो हुन्छ।

५. गोलभेंडा
गोलभेंडामा भिटामिन ए, सी, फोलेट, पोटासियम, फाइबर र एन्टीअक्सिडेन्ट भरपूर पाइन्छ। यसले रोग प्रतिरोधी क्षमता बढाउँछ, रक्तचाप नियन्त्रणमा राख्छ र हृदयका बिरामीका लागि लाभदायक हुन्छ। दिनहुँ एउटा गोलभेंडा खानु फाइदाजनक हुन्छ।

६. हरियो सिमी
हरियो सिमीमा भिटामिन ए, बी ६, सी, फोलिक एसिड, क्याल्सियम, पोटासियम, आइरन, म्याङ्गनिज लगायत आवश्यक तत्व पाइन्छन्। यसले कोशिका पुनर्निर्माणमा सहयोग पुर्‍याउँछ र शरीरमा रोग प्रतिरोधी क्षमता बढाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?