काठमाडौँ – बलिउड अभिनेत्री परिणीति चोपडा र उनका पति राघव चड्ढा आफ्नो वैवाहिक जीवनलाई लिएर चर्चामा छन्। विवाहको डेढ वर्षपछि उनीहरू फेरि खुसीकाे माेडमा आएका छन्, जब कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’ मा राघवले परिणीतिको गर्भावस्थाको संकेत दिएका छन्।
जहाँ दुवैले आफ्नो व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रमाइलो कुराहरू सेयर गरेका छन्। यस क्रममा राघवले परिणीतिको गर्भावस्थाको बारेमा पनि ठूलो संकेत दिएका हुन्। उनले चाँडै नै खुशीको खबर दिने बताएका थिए।
शोमा कपिलले रमाइलो गर्दै राघवलाई सोधेका थिए, “कहिले आमाबाबु बन्ने योजना छ ?” जवाफमा राघवले हाँस्दै भने, “म दिन्छु… म चाँडै खुशीको खबर दिनेछु।” यो कुरा सुनेपछि परिणीति अलि छक्क परेकी थिइन्।
यो संकेतपछि बलिउड फ्यानहरूबीच परिणीतिको गर्भावस्थाको चर्चा गर्माएको छ। सामाजिक सञ्जालमा परिणीतिले शेयर गरेको शोका रमाइला तस्बिरहरूले पनि यो चर्चा थप चर्काएको छ। परिणीति चोपडाले २०२३ मा आप नेता राघव चड्ढासँग विवाह गरेकी थिइन्। विवाह पछि, अभिनेत्री निरन्तर चर्चामा छिन्।
अभिनेत्रीको पछिल्लो फिल्म ‘चमकिला’ मा उनको अभिनयलाई निकै प्रशंसा प्राप्त भयो। अब उनको व्यक्तिगत जीवनका यी नयाँ पाटाहरूले पनि दर्शकहरूको ध्यान आकर्षित गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया