मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डा धुर्कापानीको ‘दिनमा पनि रातमा पनि’ गीत सार्वजनिक

काठमाडौँ – डा तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत र वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारको स्वरसङ्गीतमा सिर्जित ‘दिनमा पनि रातमा पनि’ बोलको गीत सार्वजनिक भएको छ ।

डिआर सिर्जना संसारले आज आयोजना गरेको कार्यक्रममा ‘मदन पुरस्कार’ विजेता तथा वरिष्ठ कवि नवराज लम्सालले ती कृति सार्वजनिक गरेका हुन् ।

“यो गीत चोटहरुको सङ्ग्रह हो, संवेदनाले चेतनामा हिर्काउँदा सिर्जना हुने गीतसङ्गीत हो”, पाँच सयभन्दा बढी गीत लेखिसकेका गीतकार डा लम्सालले भने, “आफ्नो संवेदनलाई गीतमार्फत प्रस्तुत गरिएको भए पनि सिर्जनालाई सुन्दर मालामा उनेर सजाइएको छ ।”

अनुसन्धानकर्ता डा विष्णु दाहालले आफूले निकै लामो प्रयासपछि गीतलाई मूर्तरुप दिन सफल भएको अनुभव सुनाए । “मानिसको म– मनमा बस्नका लागि निकै मेहनत गर्नुप¥यो”, उनले भने, “राम्रो सिर्जना तयार हुँदा खुसी छु ।”

त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस मानवशास्त्र विभागका उपप्राध्यापक तथा गीतकार डा विष्णु दाहालले मानिस बदलियो भने गीतसङ्गीतमार्फत प्रस्तुत गर्ने गरेको भए पनि समाज परिर्वतन भयो भने आत्मसात् गर्न कठिन भएको अनुभव सुनाए ।

वरिष्ठ सङ्गीतकार राजु सिंहले सुगम सङ्गीतले दर्शक–स्रोतको मन तानिरहेको बताए । “यो गीतमा शब्दको उच्चारण, विन्यास राम्रो छ, गीत प्रचारका लागि मात्रै होइन, नयाँ पुस्ताको शैलीमा केही कमजोर जस्तो देखिए पनि विषयवस्तु गहन देखिन्छ, जुन कुरा मानिसले भन्न सक्दैन, सिर्जनामार्फत ल्याउँछ, त्यो नै सिर्जना हो, गीत हो, साहित्य हो”, उनले भने ।

सङ्गीत रचना तथा गायनको अनुभूति वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीले मानिसले व्यवहारमा भोगेका विषयलाई गीतमार्फत प्रस्तुत गरिएको बताउनुभयो । “सिर्जनाले मानिसको मन छुन सक्नुपर्छ”, उनले थपे, “गीतका प्रत्येक शब्दले मानिसको हृदयमा छुन्छ ।”

त्रिवि रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक तथा गीतकार डा गीता त्रिपाठीले भने, “गीतमा प्रेम पनि छ, सम्वेदना पनि गहिरो छ”, पवित्र आँशुले दुःख पीर सबै धोएको छ ।”

त्रिवि पाटन संयुक्त क्याम्पस राजनीतिशास्त्र विभागका सहप्राध्यापक गीतकार डा तारानाथ घिमिरे धुर्कापानीले आफ्ना भावनालाई गीतमामार्फत लेखेको बताए । “प्रेम प्राप्तिपछि सकिन्छ, तर म प्राप्तिको कल्पनामा रमाउने सर्जक हुँ”, उनले भने, “सिर्जना कतिबेला केस्तो अवस्थामा बन्छ थाहा हुँदैन ।”

साहित्यकार तथा सञ्चारकर्मी हेम भण्डारीले डा धुर्कापानी जस्तो सुन्दर रचनालाई मूर्तरुप दिनु आफैँमा महत्वपूर्ण काम भएको र गीत साच्चै मानिसको हृदयलाई हुने खालको भएको बताए । उनले भने, “डा धुर्कापानी साहित्य र सङ्गीत भनेपछि राबै काम छोडेर चुर्लुम्मै गुम्ने व्यक्तित्व हो ।”

इलाम जिल्लाको इलाम नगरपालिका तोरीबारीमा जन्मनुभएका डा धर्कापानी त्रिविका राजनीतिशास्त्रका सहप्राध्यापक हुन् । पाटन संयुक्त क्याम्पस राजनीतिशास्त्र विभागका विभागीय प्रमुख, लेखक वकिल, गीतकार, गजलकारसमेत हुनुहुन्छ । वियोगान्त परिवेशलाई विशिष्ट लय प्रदान गर्नु उहाँको गीति लेखनको विशेषता बन्न पुगेको छ । गीतमा भनिएको छ–

‘दिनमा पनि रातमा पनि कति रुनु रुन पनि
  मनको पीर आँसुले कति धुनु धुन पनि’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?