मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दशैंको अवसरमा आउने ‘माइतीघर’को फस्टलुक सार्वजनिक

काठमाडौँ– रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माणपक्षले चलचित्रका मुख्य कलाकारहरुलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुलाल यो चलचित्रका कार्यकारी निर्माता हुन् ।

रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गिय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ । यो फिल्म दशैंको फूलपातिको अवसर पारेर असोजको १३ गतेबाट रिलिजमा आउँदैछ ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको फस्टलुकमा कलाकारहरुको पात्र चित्रण गर्न खोजिएको छ । यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । यसले, माइतीघरलाई चित्रण गर्न खोजिएको वुझ्न सकिन्छ । चलचित्र ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?