मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी पाँच काम छुपाएर गर्नुहोस्, जीवनमा मिल्छ सफलता र शान्ति

काठमाडौँ- हामी सबै सफल र सुखी जीवन बिताउने चाहना राख्छौँ। तर, जीवनको यात्रामा केही यस्ता कुराहरू हुन्छन् जुन सबैसँग साझा गर्नु उपयुक्त हुँदैन।

हामीले गर्ने हरेक कुरा अरूलाई सुनाउनु पर्छ भन्ने सोच कहिलेकाहीँ समस्याको कारण बन्न सक्छ। सनातन धर्म, योगशास्त्र, मनोविज्ञान र व्यवहारिक जीवनशैलीले पनि केही यस्ता कामहरूलाई गोप्य राख्न सुझाव दिन्छन्।

यहाँ पाँच यस्ता महत्वपूर्ण कामबारे चर्चा गरिन्छ जुन सकेसम्म छुपाएर गर्नु बुद्धिमानी हुन्छ। यसले तपाईंलाई मानसिक शान्ति मात्र होइन, सामाजिक सन्तुलन र आन्तरिक उन्नति पनि दिलाउन सक्छ।

१. धार्मिक साधना र पूजा–पाठ
धार्मिक वा आत्मिक साधना गोप्य राख्नुपर्छ भन्ने कुरालाई हिन्दू शास्त्रहरूमा विशेष जोड दिइएको छ। तपाईँले गर्ने तप, मन्त्रजप, ध्यान वा पूजा–पाठको विवरण अरूलाई बताइरहनु आवश्यक छैन।

जब तपाईँ साधनाको कुरा अरूलाई सुनाउनुहुन्छ, त्यो अहंकार बन्ने सम्भावना हुन्छ। यसको प्रभाव तपको फलमा पनि पर्न सक्छ। गोप्य साधना शक्ति दिन्छ, देखावटी साधनाले प्रतिष्ठा खोज्छ।

२. दान वा सहयोगको कार्य
अहिलेको समयमा सामाजिक सञ्जालमा दान गरेको फोटो वा भिडियो देखाउनु सामान्य जस्तै भएको छ। तर, शास्त्र अनुसार दायाँ हातले दिएको दानबारे बाँयाँ हातलाई पनि थाहा हुनु हुँदैन।

देखावटी दानले आत्मसन्तुष्टि होइन, सामाजिक मान्यता खोज्छ। गुप्त दानले पुण्य दिन्छ, देखावटी दानले प्रतिष्ठा मात्र दिन्छ।

३. आफ्नो अगामी योजना वा लक्ष्य
तपाईंले भविष्यमा के गर्ने योजना बनाउँदै हुनुहुन्छ भन्ने कुरा सबैसँग नबोल्नुहोस्। विशेषतः जब त्यो योजना अझै पूर्ण तयारीमा छैन।

धेरै मानिसले असफलता त योजना विफल भएर नभई, पूर्वघोषणा र अरूको नकारात्मक प्रतिक्रियाले भोगेका छन्। योजना गुप्त राख्दा ध्यान केन्द्रित रहन्छ, फिजुलको सुझाव वा आलोचनाबाट जोगिन सकिन्छ।

४. आफ्नो पारिवारिक समस्या वा निजी पीडा
जीवनमा समस्या आइनै रहन्छन्। तर, आफ्ना घरायसी समस्या सबैसँग बाँड्नुले समाधान होइन, झन् जटिलता ल्याउन सक्छ।सबैलाई तपाईंको पीडाले वास्ता छैन। कोही सहानुभूति देखाए पनि कोही त्यसलाई चर्चा वा गफको विषय बनाउँछन्। पीडाको व्यथा आफूले बुझेको उत्तम।

५. आफ्नो विशेष ज्ञान वा सीप
तपाईँसँग कुनै अद्वितीय ज्ञान, अनुभव वा सीप छ भने पनि सबैसँग बाँड्न हतार नगर्नुहोस्। सही समयमा, सही व्यक्तिलाई मात्र साझा गर्नु हितकर हुन्छ। सबैलाई ज्ञान बाँड्दा त्यो उपहास, चोरी वा प्रतिस्पर्धाको विषय बन्न सक्छ। ज्ञान तब नै फलदायी हुन्छ जब त्यसको उपयोग सही तरिकाले गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?