मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘झरीपछिको इन्द्रेणी’ को ललितपुरमा शुभमुहूर्त

काठमाडौँ- पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’को आज ललितपुरस्थित धन्वन्तरी बाराही मन्दिरमा विधिपूर्वक शुभमुहूर्त गरिएको छ।

अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बन्ने यो चलचित्रमा रमेश उप्रेती, निर्मल शर्मा, दीपाश्री निरौला, गणेश उप्रेती, र प्रियाना आचार्य लगायत चर्चित कलाकारहरूको अभिनय रहनेछ।

चलचित्रको कथा कुमार बेन्जन्कारले तयार पारेका हुन् भने पटकथा लेखनमा गणेश कार्कीको कलम चलेको छ।

निर्माण टिमका अनुसार, चलचित्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को एक र्‍याप गीत पनि समावेश गरिनेछ, जसले कथाको सन्देशलाई अझ प्रभावशाली बनाउने अपेक्षा गरिएको छ।

‘झरीपछिको इन्द्रेणी’ले समाजमा आशा, संघर्ष र परिवर्तनको कथा प्रस्तुत गर्ने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन चाँडै सुरु हुने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?