मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र ‘पीआर’ को रेड कार्पेट प्रीमियर अष्ट्रेलियामा हुँदै

काठमाडौं- सलोन–सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘पीआर’ को रेड कार्पेट प्रीमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियामा हुने भएको छ ।

निर्माण पक्षका अनुसार, पहिलो प्रीमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमा हलमा र दोस्रो प्रीमियर अगस्ट १२ मा न्यू क्यासलको रिडिङ सिनेमा हलमा आयोजना गरिनेछ ।

आरएफएम फ्यासिलिटी म्यानेजमेन्टका रञ्जित शाह र करियर गेटवे अष्ट्रेलियाका सन्तोष तिवारीको प्रस्तुतिमा अष्ट्रेलियामा प्रदर्शन हुन लागेको चलचित्रको निर्देशन शोभित बस्नेतले गर्नुभएको हो । फिल्ममा आरए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स, मस्तानी र नवीन घायल लगायत कलाकारको अभिनय रहेको छ । साथै, नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, दिक्पाल कार्की र उत्तम केसी विशेष भूमिकामा देखिनेछन् ।

चलचित्रका निर्माता प्रदीप दाहाल (ए वान ग्रुप सर्भिस) र लक्ष्मण सापकोटा (इन्द्रेणी ग्रुप) हुन् । कथा निर्देशक बस्नेतकै हो भने, पटकथा र संवाद गणेश बुढाथोकीले लेख्नुभएको हो ।

सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल) द्वारा छायांकन गरिएको फिल्मको सम्पादन बन्दे प्रसादले गर्नुभएको हो ।

नृत्य निर्देशन रामजी लामिछाने, संगीत मानस राज र भीम बीसीको रहेको छ । निर्माण व्यवस्थापनमा केवलमान सिंह बस्नेत, सहायक निर्देशकमा रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ छन् ।

निर्देशक बस्नेतका अनुसार, चलचित्रको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा र ४० प्रतिशत नेपालमा गरिएको हो ।

विदेशमा संघर्षरत नेपाली युवाहरू र नेपालमा रहेका परिवारबीचको सम्बन्धको कथा चलचित्रले विदेशमा रहेका नेपाली विद्यार्थीहरूको संघर्ष, नेपालमा रहेका बुवा–आमाको पीडा, र भावनात्मक तथा आर्थिक सम्बन्धलाई चित्रण गरेको छ । निर्देशक बस्नेत भन्छन्,

“अहिले ‘पीआर’ प्रति अष्ट्रेलियाका विभिन्न सहरहरूमा उच्च माग देखिएको छ । चाँडै नै यो चलचित्रलाई विश्वव्यापी रूपमा रिलिज गर्ने तयारीमा छौं ।”

निर्माण टिमले ‘पीआर’ लाई नेपाली डायस्पोराले हेर्नैपर्ने चलचित्रको रूपमा प्रस्तुत गरेको छ, जुन देश बाहिर रहेका छोराछोरी र देशमा रहेका अभिभावकबीचको संवेदनशील सम्बन्धको गहिरो चित्रण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?