मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जितु नेपालको गाईजात्रे व्यंग्य सुरु, राजनीति र मन्त्रीको चर्को कटाक्ष

काठमाडौँ – हास्य कलाकार जितु नेपालले गाईजात्राको अवसरमा ‘मुन्द्रेको हाँस्यव्यंग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन्। पहिलो भाग ‘गाईजात्रे बजेट भाषण’ मंगलबार आफ्नो युट्युब च्यानल ‘जितु कमेडी’, टिकटक र रिल्समार्फत प्रस्तुत गरिएको छ।

यस व्यंग्य प्रस्तुति मार्फत संसद् भवनभित्र सभामुख, मन्त्री र सांसदबीचको संवादमार्फत वर्तमान राजनीतिक अवस्थाको व्यंग्यात्मक चित्रण गरिएको छ। जितुले चार भागमा तयार गरेको गाईजात्रे कोसेली क्रमशः चार दिनमा सार्वजनिक गरिने बताए। पहिलो भागमा बजेट प्रस्तुत गर्ने मन्त्रीलाई लक्षित गरिएको छ भने अन्य भागमा राजनीतिबाट सन्यास लिने नेताहरु, मन्त्रीका हरिबिजोग र गरुण पुराणसमेत प्रहसनका विषय बन्ने छन्।

जितुले गाईजात्रालाई हाँस्यव्यंग्यको पर्व मान्दै यसलाई संरक्षण गर्न डिजिटल माध्यममार्फत सामग्री ल्याएको बताए। उनले भने, “स्टेजमा प्रत्यक्ष दर्शकसँग अन्तर्क्रियाको मज्जा हुन्छ, डिजिटल माध्यममा त्यो हुँदैन। तर, भ्यूज र कमेन्टमार्फत दर्शकसँग संवाद गरिरहेका छौं।”

फिल्म क्षेत्रमा, जितुले ‘परालको आगो’ फिल्मबाट आफू अलग भएको जानकारी दिए। दशैंको समयमा छायांकन गर्नुपर्ने भएकाले समय अभाव भएको उनको भनाइ छ। अर्को फिल्म ‘कार्की साइँला’ भने नछोडिएको र छायांकनमा आएको बाढीले रोकिएको मात्र हो, जसमा कुनै गलत अफवाह फैलाइएको छैन।

साथै, दीपकराज गिरीसँगको फिल्म ‘पाँच पाण्डव’ को पटकथा लेखनमा काम भइरहेको र ‘मुन्द्रेको कमेडी क्लब’को चौथो सिजन चाँडै ल्याउने तयारीमा रहेको जितुले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?