काठमाडौं- दुई दशकदेखि सिनेमा अध्यापन गर्दै आएको अस्कर कलेजको प्रेक्षालय ‘साधना–घर’ मा साउन १५ गतेदेखि ‘दोरूम्बा’ नामक नाटक मञ्चन हुने भएको छ।
नाटकले माओवादी द्वन्द्वकालमा राज्य र विद्रोहीबीच पिल्सिएका सर्वसाधारण जनताको कथा उजागर गर्नेछ। यसलाई सुमनकुमार वाग्लेले लेखेका हुन् भने १६ औं ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन्।
नाटकमा कलेजका विभिन्न ब्याचका, विशेषगरी अभिनय विशेषज्ञता (acting specialization) लिने विद्यार्थीहरूको सहभागिता रहनेछ।
‘दोरूम्बा’ नाटक साउन १५ देखि २४ गतेसम्म हरेक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबारका दिन भने दिउँसो १:१५ बजे अतिरिक्त शो पनि प्रस्तुत गरिनेछ।
यसअघि पनि साधना–घरमा आधा दर्जनभन्दा बढी नाटकहरू मञ्चन भइसकेका छन्। कलेज प्रशासनका अनुसार भविष्यमा पनि यस्ता सर्जनात्मक प्रस्तुतीहरूलाई निरन्तरता दिइनेछ।
नाटक ‘दोरूम्बा’ युवा कलाकारहरूको प्रस्तुतीमार्फत द्वन्द्वकालको मानवीय पाटो दर्शकसमक्ष ल्याउने प्रयासका रूपमा हेरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया