मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अवतार ३ : फायर एण्ड एस’को ट्रेलर सार्वजनिक

काठमाडौँ – सन् २०२५ को सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक, ‘अवतार ३’ को ट्रेलर सार्वजनिक भएको छ। तेस्रो श्रृंखलाको उपशीर्षक ‘अवतार : फायर एण्ड एस’ राखिएको यो ट्रेलर शुक्रबार हलमा रिलिज भएपनि इन्टरनेटमा भने सोमबार बेलुका मात्र सार्वजनिक गरिएको थियो।

निर्देशक जेम्स क्यामरुनले निर्देशन गरेको यो फिल्म डिसेम्बर १९, २०२५ मा विश्वभर रिलिज हुने तयारीमा छ। काल्पनिक ग्रह पाण्डोराको कथा समेटिएको यस विज्ञान कथामा पाण्डोराका दुई आदिवासी जातिहरूको चित्रण गरिएको छ। साथै, ट्रेलरमा ज्वालामुखीको दृश्यले नयाँ पटकथा र वातावरण प्रस्तुत गरेको छ।

यस फिल्ममा मुख्य भूमिकामा पुनः साम वर्थिङ्टन र जोय साल्दानाको अभिनय देख्न पाइनेछ। यी दुवै कलाकारले पहिला भागहरूमा आफ्नो अभिनयले दर्शकलाई मोहित पारेका थिए।

‘अवतार’ श्रृंखलाको पहिलो भाग सन् २००९ मा रिलिज भयो र यसले विश्वव्यापी रूपमा २.९२४ बिलियन अमेरिकी डलर कमाई गरेर सबैभन्दा धेरै कमाउने फिल्महरूको शीर्ष ५ मा स्थान पायो।

दोस्रो भाग ‘अवतार : द वे अफ वाटर’ सन् २०२२ मा रिलिज भई २.३२० बिलियन अमेरिकी डलर कमाएको थियो। तेस्रो श्रृंखलालाई यस फ्रेन्चाइजको अन्तिम भागका रूपमा हेरिएको छ।

ट्रेलरले दर्शकहरूमा नयाँ अध्यायको प्रतीक्षालाई अझै तिव्र बनाएको छ। पाण्डोराको नयाँ दृश्य र कथाले फ्यानहरूलाई रोमाञ्चित बनाएको छ। हलिउडको यो ब्लकबस्टरले विश्वव्यापी दर्शकलाई फेरि आकर्षित गर्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?