मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइडएमडीबीको सूचीमा ‘सैयारा’ टीमको दबदबा, अहान पाण्डे शीर्ष स्थानमा

काठमाडौँ – विश्वप्रसिद्ध फिल्म र कलाकार सम्बन्धी डेटाबेस साइट आइडएमडीबीले पछिल्लो महिनाका लोकप्रिय भारतीय सेलिब्रेटीहरूको नयाँ सूची सार्वजनिक गरेको छ। यसपटकको सूचीमा उल्लेख्य परिवर्तन देखिएको छ — पुराना स्टारहरू सुचीबाट ओझेलमा परेका छन् भने नयाँ पुस्ताका कलाकारहरू अगाडि आएका छन्।

यसपटकको शीर्ष १० मा अक्षय कुमार, दीपिका पादुकोण र सलमान खान जस्ता बलिउडका दिग्गज कलाकारहरू अटाउन सकेनन्। यसको सट्टा, हालै चर्चामा रहेको फिल्म ‘सैयारा’ का कलाकारहरूले शीर्ष स्थान ओगटेका छन्।

शीर्ष तीनमा ‘सैयारा’ टीम

अहान पाण्डे – ‘सैयारा’का मुख्य अभिनेता

मोहित सुरी – ‘सैयारा’का निर्देशक

अनित पड्डा – ‘सैयारा’की प्रमुख अभिनेत्री

अन्य स्थानहरूमा:

ऐश्वर्या राय बच्चन

फतिमा साना शेख

कटरिना क्याफ

शाहरुख खान

आमिर खान

सान्विका (रिंकी – पञ्चायत ४)

आर माधवन (नेटफ्लिक्स फिल्म ‘आप जैसा कोई’ बाट चर्चामा)

‘सैयारा’ को लोकप्रियताले यो महिना आइडएमडीबीको सूचीमा ‘सैयारा’ टीमको दबदबा, अहान पाण्डे शीर्ष स्थानमाको सूचिमा एकदमै प्रभाव जमाएको देखिन्छ। खासगरी अहान पाण्डे र अनित पड्डा जस्ता नयाँ अनुहारको तीव्र उदयले बलिउडको नयाँ युगतर्फ संकेत गरिरहेको विश्लेषकहरूले बताएका छन्।

अर्कोतर्फ, आर माधवनको ‘आप जैसा कोई’ नामक फिल्म नेटफ्लिक्समा रिलिज भएसँगै दर्शकको मन जित्न सफल भएको देखिन्छ। फिल्ममा उनको अभिनयको धेरै प्रशंसा गरिएको छ।

आइडएमडीबीको सूचीमा ‘सैयारा’ टीमको दबदबा, अहान पाण्डे शीर्ष स्थानमाले समयअनुसार दर्शकको खोज, चासो र लोकप्रियता विश्लेषण गरेर सेलिब्रेटी र फिल्महरूको सूची सार्वजनिक गर्दै आएको छ। यसपटकको सूचीले बलिउडमा नयाँ पुस्ताको दबदबा प्रष्ट देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?