मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘सुम्निमा’ फिल्ममा अनुप विक्रम शाहीको नयाँ अवतार, चाम्ससँग पुनः सहकार्य

काठमाडौं- निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने नयाँ प्रेमकथात्मक फिल्म ‘सुम्निमा’ मा अभिनेता अनुप विक्रम शाही अनुबन्धित भएका छन्।

शाही र चाम्सबीचको यो चौथो सहकार्य हो। यसअघि उनीहरूले हँसिया, वीर विक्रम र लिली बिलीमा एकसाथ काम गरिसकेका छन्।

सात वर्षअघिको ‘लिली बिली’ पछि उनीहरू पुनः एउटै पर्दामा देखिन लागेका हुन्। अभिनेता शाहीले ‘सुम्निमा’ मा आफूले पहिले कहिल्यै नगरेको शैलीको पात्र निभाउने जानकारी दिएका छन्। उनले अहिले त्यसका लागि गहिरो तयारी गरिरहेका छन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा बन्ने यो फिल्मलाई नारीमुखी शीर्षक दिइए पनि फिल्म विशुद्ध प्रेमकथा हुने निर्देशक चाम्सले प्रस्ट पारेका छन्।

पहिले नै अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता कुन्साङ बमजनलाई मुख्य भूमिकामा अनुबन्धित गरिसकिएको छ। अन्य कलाकार र प्राविधिकहरू छनोटको प्रक्रिया जारी छ।

राजीव थापाको लेखन रहेको यस फिल्मको छायांकन आगामी अगस्ट महिनामा लन्डन र नेपालमा हुने बताइएको छ।

यसैबीच, मिलन चाम्सको निर्देशनमा बनेको बायोपिक फिल्म ‘अञ्जिला’ ले नेपाली बायोपिक फिल्ममध्ये सबैभन्दा धेरै आम्दानी गर्ने कीर्तिमान राखेको छ। निर्देशक चाम्सले ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय बजारलाई ध्यानमा राखेर निर्माण गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?