मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हेभी मेटल आइकन ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन

काठमाडौँ- विश्व संगीत जगतले एक प्रतिष्ठित कलाकार गुमाएको छ। चर्चित हेभी मेटल गायक र ब्ल्याक साबाथका अगुवा ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ।

उनको परिवारले मंगलबार बिहान एक आधिकारिक वक्तव्य जारी गर्दै ओस्बोर्नको निधनको पुष्टि गरेको हो। “हामीले हाम्रो प्रिय ओजी ओस्बोर्नलाई गुमाएका छौँ। यो क्षण शब्दहरूमा बयान गर्न सकिनेभन्दा निकै पीडादायी छ,” वक्तव्यमा उल्लेख गरिएको छ।

हालसम्म उनको मृत्युको कारणबारे खुलासा गरिएको छैन। ओस्बोर्नले केही हप्ता अघि मात्रै आफ्नो जन्मसहर बर्मिङ्घम, इंग्ल्यान्डमा ब्ल्याक साबाथ ब्याण्डसँग पुनर्मिलन गर्दै अन्तिमपटक मञ्चमा प्रस्तुति दिएका थिए। “ब्याक टु द बिगिनिङ” नामक सो कन्सर्टलाई उनले आफ्नो “अन्तिम प्रस्तुति” भनेका थिए।

उनले संगीत क्षेत्रमा ल्याएको नयाँ रक शैली, बोल्ड प्रस्तुति र विशिष्ट आवाजका कारण ओस्बोर्न विश्वभर परिचित थिए। सन् १९६० को दशकको अन्त्यतिर स्थापित ब्ल्याक साबाथ हेभी मेटल शैलीको विकासमा प्रमुख भूमिका खेलेको ब्याण्ड मानिन्छ। ओस्बोर्नको निधनले संगीत क्षेत्रमा ठूलो खालीपन पैदा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?