मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- स्थानिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन बढेको छ ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सयमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?