मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साफ यू २० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं। साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज नेपाल र बंगलादेशबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुने खेल साँझ ६:४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको यो खेल अंकतालिकाको हिसाबले अघोषित फाइनलको रूपमा हेरिएको छ। हालसम्म अपराजित रहेको बंगलादेश १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकसहित दोस्रो स्थानमा छ। नेपाललाई उपाधि जित्नका लागि आजको खेल अनिवार्य जित्नैपर्ने छ।

नेपाली टोलीले प्रतियोगितामा शानदार प्रदर्शन गर्दै भुटान र श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरे पनि बंगलादेशसँगको पहिलो खेलमा ३-२ को हार व्यहोर्नु परेको थियो।

हालसम्म बंगलादेशले ५ खेलमा २४ गोल गरेका छन् भने नेपालले ३० गोल गरेका छन्। दुवै टोलीले समान ४ गोल खाएका छन्। यदि नेपालले आजको खेल जितेर बंगलादेशसँग अंक बराबरी गर्छ भने उपाधिको टुंगो गोल अन्तरबाट लाग्नेछ।

आजको खेलमा दबाबसहित मैदानमा उत्रिने नेपाली महिला टोलीका लागि यो उपाधि जित्ने अवसर मात्रै नभई विगतको हारको बदला लिने मौका पनि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?