मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रचण्डद्वारा ‘महाभोज’चलचित्रको प्रशंसा, नयाँ पुस्तालाई हेर्न आग्रह

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली चलचित्र ‘महाभोज’ हेरेपछि गहिरो प्रतिक्रिया दिएका छन्।

लामो समयपछि हलमै गएर चलचित्र हेर्ने मौका पाएको बताउँदै उनले ‘महाभोज’लाई “चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक” चलचित्रको संज्ञा दिएका छन्।

प्रचण्डले चलचित्रको मूल सन्देश सामन्तवादको बाँकी अवशेषमाथि गहिरो चोट पुर्‍याउने प्रयास भएको भन्दै प्रशंसा गरेका छन्। उनले भने, “त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन्।” चलचित्रमा देखाइएको समाजपरिवर्तनको अठोट र साहसलाई उनले नेपालकै वर्तमान राजनीतिक संघर्षसँग जोड्दै, “यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने अठोटका साथ समाज परिवर्तन गर्ने योद्धाहरू अझै पनि छन्,” भन्ने सन्देशले उनलाई गहिरो प्रभाव पारेको उल्लेख गरे।

प्रचण्डले चलचित्रका कलाकार, निर्माता, निर्देशक र सम्पूर्ण निर्माण टिमलाई मनदेखि धन्यवाद दिँदै, अहिलेको पुस्ताले ‘महाभोज’ हेर्नु आवश्यक रहेको बताए। उनले भने, “आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ।”

‘महाभोज’ नेपाली समाजमा गहिरिएर रहेको सामन्तवादी सोच र त्यसविरुद्धको संघर्षको कथामा आधारित चलचित्र हो, जसले सामाजिक चेतना र वर्गसंघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?