काठमाडौँ– फिल्म ‘मनसरा’को छायांकन सकिएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मको छायांकन पुस २१ गतेबाट सुरु गरिएको थियो । फिल्मको रिलिज मिति भने वैशाख २१ मा तय गरिएको छ ।
दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्ममा हेमन्थ बुढाथोकी, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको निर्माणमा भने कबड्डी फिल्मस् ब्यानर रहेको छ ।
यसअघि सुब्बा निर्देशित फिल्म ‘जारी’ लाई दर्शकले अत्यधिक रुचाएका थिए । ‘मनसरा’लाई पनि दर्शकको साथ मिल्ने फिल्म युनिटको आशा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया