मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साहित्यकार मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौँ – साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्यायको आज यहाँ आयोजित कार्यक्रममा प्रा डा गोविन्दराज भट्टराई र प्रा डा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पु¥याइएको सहयोगलाई उपन्यासमा मूल रूमिा प्रस्तुत गरिएको छ ।

लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सृजना हो । त्यस अवसरमा प्राडा भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरे ।

प्रा डा कोइरालाले कृतिमाथि समीक्षा गरे भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरे ।

एक सय ७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनःशून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । बजार मूल्य रु ३७५ निर्धारण गरिएको उपन्यासको पहिलो संस्करणमा ५०१ प्रति छापिएका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?