मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नयाँ कमेडी चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा

काठमाडौँ- नेपाली चलचित्र क्षेत्रले पछिल्ला दिनमा नयाँ सिर्जनात्मक धार समातेको छ, र त्यसैक्रममा अर्को नयाँ कमेडी चलचित्र ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ।

निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने यो चलचित्रले नेपाली समाजको हास्य रसयुक्त यथार्थ प्रस्तुत गर्ने लक्ष्य लिएको छ।

चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै यसको औपचारिक घोषणा गरिएको हो। पोस्टरमा एक पुरानो गाडी हिलोमा फसेको दृश्य देख्न सकिन्छ, जहाँ चालकले बाटो मर्मत गर्दै गरेका व्यक्तिसँग संवाद गरिरहेको झल्किन्छ। यही दृश्यले चलचित्रको कथावस्तु केही हदसम्म झल्काउने अनुमान गर्न सकिन्छ।

पटकथा, कथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। चलचित्र ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुँदैछ भने हेमन्त बस्नेत यसको निर्माता हुन्। कार्यकारी निर्माताका रूपमा इश्वर वल्लव उप्रेती रहने छन्।

निर्देशक बस्नेतका अनुसार, चलचित्रको छायांकन चाँडै सुरु गरिनेछ। हाल कलाकार छनोटको प्रक्रिया चलिरहेको छ र मुख्य कलाकारहरू छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जानकारी दिएको छ।

कमेडी विधामा आधारित यो चलचित्रले नेपाली समाजको जीवनशैली, संघर्ष, विडम्बना र हास्यतालाई प्रभावशाली ढंगले प्रस्तुत गर्ने विश्वास गरिएको छ। पछिल्ला समय कमेडी चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देखिएकाले ‘किस्ने कहाँ छ ?’ पनि त्यसै धारमा सफल हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?